६ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ मा थप २२७ मा कोरोना पुष्टि, कर्मचारीसहित पर्सामा १४७ मा संक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । प्रदेश २ मा वुधबार २ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ८ जनासमेत रहेका सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितमा सर्लाहीमा १९ जना, सिरहामा चार जना, सप्तरीमा एक जना, बारामा १९ जना र महोत्तरीमा १४ जना संक्रमित भएका छन् ।

बुधबार वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २१ जना निको भएर अस्पतालबाट घर फर्केका छन् । बुधबार मृत्यु भएको घटनासमेत यस प्रदेशमा मृतकको संख्या २१ पुगेको छ । ती मध्ये पर्साका मात्रै १४ जना छन् ।

जनकपुरस्थित आन्तरिक मामिला मन्त्रालयका ४२ वर्षीया एक जना महिला कर्मचारी र २८ देखि ५१ वर्ष उमेर समूहका अन्य सात जना कर्मचारीगरी ८ जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै, प्रादेशिक अस्पतालमा कार्यरत ३२ देखि ५२ वर्ष उमेर समूहका पाँच जना कर्मचारीसमेत संक्रमित भएका छन् ।

यीबाहेक माछापुच्छ्रे बैंकका तीन जना कर्मचारी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २, ४ र ९ का एक महिलासमेत चार जना, हंसरपुर नगरपालिका र धनौजी गाउँपालिकाका समेत ९ जनागरी धनुषाका २३ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको हो ।

वीरगंज कारागारका २४ देखि ६० वर्ष उमेर समूहका सात जना महिला र पाँच वर्षदेखि ६८ वर्ष उमेर समूहका २३ जना गरी ३० जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय प्रसौनीका चार जना, वीरगंज चिनी मिलका पाँच जना, सशस्त्र प्रहरी बल, भन्सार युनिटका चार जना, नारायणी अस्पतालमा कार्यरत सुर्खेतका एक जना नागरिक र वीरगन्ज महानगरपालिका वडा नम्बर १ देखि २५ सम्मका ९० जना समेत बुधबारमात्रै पर्साका १४७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।