७ मंसिर २०८३, सोमबार

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि धौलागिरी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २१ साउन । बागलुङको धौलागिरी अञ्चल अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

२५ बर्षिया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको हो । उनलाई आइसोलेशनमा राखेर आकस्मिक सेवाबाहेक ओपीडितलगायत बन्द गरिएको अस्पताल प्रशासनले जनायो ।

यता, पोखरा महानगरपालिकामा मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा १७ देखि ५७ वर्ष उमेर समूहका छन् । उनहरुमध्ये ४ जना भारतबाट, ३ जना बाराबाट, २ जना महोत्तरीबाट र एकजना सर्लाहीबाट पोखरा आएको महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।