११ कार्तिक २०८३, बुधबार

इलाममा मालपोत र शिक्षा कार्यालयहरू बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ साउन । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द भएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीएमसीसीले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केही दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नवीनकुमार न्यौपानेले जानकारी दिए ।

कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा भएका सबैको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको पुष्टि भएको न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरीको गणमा भएको सवैको नतिजा नआइञ्जेल र संक्रमित निको नभएसम्म मालपोत र शिक्षा विकास तथा सममन्वय इकाइले आन्तरिक काम गरेपनि सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरीको गणमा कोरोनाका संक्रमण फैलिएपछि त्यसलाई शिल गरिएको छ । इलाममा अहिलेसम्म ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने सशस्त्र प्रहरीको गणका २७ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।