शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

यी हुन् ६ महिलालाई भारतमा लगेर बन्धक बनाउने व्यक्ति

दैनिक नेपाल २०७७ साउन १७ गते ८:०४

काठमाडौं, १७ साउन । कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका-१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन् ।

उनीहरूले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्‍याई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएकोमा उक्त ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी असार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको उक्त व्यूरोले जनाएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित