मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

ललितपुरमा हत्यामा संलग्न व्यक्ति पक्राउ

दैनिक नेपाल २०७७ साउन १७ गते ७:३१

ललितपुर, १७ साउन । ललितपुरकाे महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका ५४ वर्षीय कामीसिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित