११ कार्तिक २०८३, बुधबार

ललितपुरमा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सानेपा, १५ साउन । ललितपुर जिल्लामा पूर्वएमाले, नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ललितपुरका नेकपा, पूर्वएमाले र राप्रपाका स्थानीय ७२ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनका अनुसार ललितपुर जिल्लामा क्रियाशील पूर्वएमाले र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । महर्जनले नै पार्टी प्रवेशका लागि विशेष पहल गरेका हुन् ।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको कन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ७२ जनालाई कांग्रेसमा प्रवेश गराएको महर्जनले बताए ।

कांग्रेस प्रवेश गर्नेहरूमा अधिकांश खेलकुद पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरू रहेका छन् । कांग्रेस प्रवेश गर्नेमा तेजकुमार लामा रहेका छन् । लामा राप्रपा खेलकुद विभागका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

कांग्रेस प्रवेश गर्नेमा देवचन्द्र लामा, झडेन्द्रकुमार लामा, मिलन लामा, भिजेश लामा रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामकृष्ण घिमिरे, मनीष घिसिङ, सागर घिसिङ, सुमन घिसिङ, शुक्रराज बोम्जन, प्रदीप घिसिङ शुष्मा बोम्जन लामा, केशर स्याङ्तान, सुमन घिसिङ पनि नेपाली कांग्रेसमा प्रवेश गरेको ललितपुर कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव महर्जनले जानकारी दिए ।

कांग्रेस प्रवेश गर्नेमा पूर्वएमालेबाट सुरेश देशार, सुजित श्रेष्ठ, रिकेश महर्जन, रोहित महर्जन, राज देशार, राकेश देशार, नदीप देशार, नदीम देशार, राजेश श्रेष्ठ, अनिल देशार, अनिल महर्जन, सुरज तामाङ, विवेक देशार, निरोज कुमाल लगायतका युवाहरू पनि रहेका छन् ।

पूर्वमन्त्री एवम् खेलकुद विभाग प्रमुख बस्नेतले कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । पूर्वमन्त्री बस्नेतले कांग्रेसमा प्रवेश गरेका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसले संरक्षण गर्ने बताए । ‘कांग्रेसले जे बोल्छ त्यही गर्छ । कम्युनिस्टले जस्तो झठ बोल्दैन’, उनले भने, ‘कांग्रेसले मात्रै यो देशको विकास र उन्नती गर्छ ।’

नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यले नवप्रवेशहरूलाई पार्टीमा स्वागत गर्दै योग्यता र क्षमताका आधारमा सवम्मेवारी दिइने बताए । ‘कांग्रेसमा सबै अटाउन सक्छन् । कांग्रेसको समाजवाद, प्रजातन्त्र र राष्ट्रियताको सिद्धान्तलाई मान्नेतलाई सधै ढोका खुला छ’, अमात्यले भने, ‘कांग्रेस प्रवेश गर्नुभएका सबैलाई पार्टीमा अन्याय हुन दिनेछैन ।’

पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कांग्रेसमा प्रवेश गरेका नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरूको भविष्यप्रति आफू सजग रहेको बताए ।

नेपाली कांग्रेस खेलकुद विभाग सचिव एवम् युवा नेता महर्जनले कांग्रेस पार्टीमा मात्रै सबैको भविष्य सुरक्षित रहेको बताए । उनले भने, ‘कांग्रेसले सबैको भविष्यप्रति चिन्ता गर्छ । कांग्रेसले जनताको काम गर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसल ललितपुरका नेता ऋषिराम घिमिरे, खोमप्रसाद घिमिरे, क्षेत्रीय सभापति राजन घिमिरे, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, उप–प्रमुख रञ्जना घिमिरे, जिल्ला सदस्यहरू रविन्स शर्मा, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेलको उपस्थिति रहेको थियो ।

त्यसैगरी बागमती गाउँपालिकाका वडाध्यक्ष विष्णु तिमल्सिना, वडाध्यक्ष तीर्थ घलान, विजयकुमार लोंलगायतको पनि उपस्थिति रहेको थियो ।

कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव महर्जनको विशेष सकृयतामा पार्टी प्रवेश कार्यक्रम भएको थिाये । नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा उम्मेदवार बनेका महर्जन झिनो मतले पराजित भएका थिए ।

कांग्रेसकै केही अन्तरघातीका कारण पराजित भए पनि महर्जनले कहिल्यै पनि आफूलाई पराजित भएको ठान्दैनन् । सधैँ कांग्रेस र समस्यामा परेका स्थानीय गरिव जनताको सेवामा महर्जन जुट्दै आएका छन् ।

ललितपुर जिल्लामा महर्जन लोकप्रिय मानिन्छन् । खेलकुदको क्षेत्रमा महर्जनले ठूलो योगदान गरेका छन् । उनले प्रत्येक वर्ष लौहपुरुष वीर गणेशमान सिंहको स्मरणमा चपागाउँमा प्रतियोगिता गर्दै आएका छन् ।