शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चार दिन बित्यो, इटहरी प्रहरीको कोरोना रिपोर्ट आएन

दैनिक नेपाल २०७७ साउन १४ गते ११:४६

इटहरी, १४ साउन । एक जना थुनुवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय इटहरीले कन्ट्याक्ट ट्रेसिङमा रहेका १३ जनाको पिसीआर परिक्षण गराएको चार दिन बितेको छ तर रिपोर्ट आएको छैन ।

इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका एक व्यक्तिमा कोरोना देखिएपछि उनीसँगै रहेका ८ र ५ प्रहरीको कोरोना परिक्षणका लागि स्वाब बिराटनगर पठाइएको थियो ।

विराटनगरका २५ वर्षीय व्यापारीमा कोरोना देखिएको थियो । रिपोर्ट चाँडो आएको खण्डमा अन्य शंकास्पद कन्ट्याक ट्रेसिङ गर्न सहज हुने थियो । रिपोर्ट आउन बिलम्ब भएको इटहरी प्रहरी प्रमुख नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित