शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सिन्धुपाल्चाेकमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ

दैनिक नेपाल २०७७ साउन १४ गते १०:३०

चाैतारा, १४ साउन । सिन्धुपाल्चाेक जिल्लामा धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौंमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए ।

खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

आइतबार आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबु पक्राउ परेका थिए। मेलम्ची–१२ थाक्लेका ५७ वर्षीय नवराज तामाङले आफ्नै छोरा २८ वर्षीय पूर्णबहादुरलाई खुकुरी प्रहार गरेका हुन् ।

घरायसी विवाद भएको र खुकुरी प्रहार गर्दा पूर्णबहादुरको टाउको, घुँडा, पैतालालगायत भागमा काटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

गम्भीर घाइते पूर्णबहादुरको धुलिखेल अस्पातलमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए । घटना थाहा पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले घर नजिकैबाट खुकुरी प्रहार गर्ने बाबु नवराजलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिन्धुपाल्चोकमा पेश गरेको छ ।

अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । घाइतेको अवस्था खतरामुक्त रहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित