शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

केपी ओली र प्रचण्डसमक्ष बामदेवले राखे ६ बुँदे प्रस्ताव, ओलीको लाइनमा गौतम ?

दैनिक नेपाल २०७७ साउन १३ गते १२:१८

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आगामी एकता महाधिवेशनसम्म केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री रहने बताएका छन् ।

मंगलबार एक प्रेस नोट जारी गरी उनले प्रतिनिधिसभाको यो कार्यकालभरी प्रधानमन्त्रीको जिम्मेवारीमा केपी ओली नै रहनु पर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्ताव राखिएको भनिएको उक्त प्रेस नोटमा आगामी महाधिवेशनसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहनुपर्ने बताएका छन् ।

यस्तै उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने र आगामी दिनदेखि पार्टीको सम्पूर्ण बैठकहरू पार्टी कार्यालयमै आयोजना गर्नु पर्ने प्रस्ताव राखेका छन् । त्यसैगरी मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक निकायमा नियुक्ति र संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि पार्टी सचिवालयको परामर्श लिनुपर्ने उनको भनाइ छ ।

सरकार सञ्चालनका क्रममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शलाई ध्यान दिइनुपर्ने पनि नेता बामदेवको प्रस्ताव छ ।

यस्तै प्रशासन तथा सुरक्षा निकायमा पदोन्नति र सरुवाका लागि निश्चित मापदण्ड तय गर्नु पर्ने बामदेवको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित