बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुई थान हतियारसहित काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

दैनिक नेपाल २०७७ साउन १३ गते ११:५०

काठमाडौं, १३ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको र त्यसको प्रभाव नेपालमा पनि परिरहेको अवस्थामा अवैध रुपमा ल्याइएको उक्त सुन प्रहरीको टोलीले विशेष सूचनाको आधारमा फेला पारेको हो ।

प्रहरीलाई देखेर सुनको पोको फालेर तस्करहरु फरार भएको प्रारम्भिक जानकारी छ । सुन राखेको पोकोमा दुई थान हतियार समेत रहेको प्रहरीले बताएको छ ।

फरार तस्कर र सुन बोकेको गाडी नियन्त्रणमा लिने प्रयास भएको बताउँदै प्रहरीले सुन बरामदबारे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।

नेपाली बजारमा मंगलबार सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित