शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्यो, कति पुग्यो मूल्य ?

दैनिक नेपाल २०७७ साउन १३ गते ११:०६

काठमाण्डौं, १३ साउन । सुनको मूल्यले मंगलबार पनि रेकर्ड बनाएको छ ।

लगातार उकालो लागेको सुनको मूल्य आज तोलाको ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ७०० रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रतिऔंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको उनले बताए ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने सम्भावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै मंगलबार तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित