काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७१, सिसिटिभिमार्फत २९, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्र गतिमा ६०, हर्न निषेधमा ६, लेन क्रसमा १६, अवस्था ठिक नभएको ३५ र अन्यमा ४२५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।













प्रतिक्रिया