
सुनसरी, १३ साउन । सुनसरीको बराहनगरपालिका–४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो पौने ३ बजे रामधुनी नगरपालिका–६ मा रहेको शंकरबेल्ही तालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको हो ।
शव परिक्षणको लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।















प्रतिक्रिया