शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

क्वाड क्यामेरासहित ‘ओपो ए५२’ नेपालमा सार्वजनिक

दैनिक नेपाल २०७७ साउन ११ गते १६:२९

काठमाडौं, ११ साउन । ओपोले नेपालीबजारमा नयाँ स्मार्टफोन ‘ओपो ए५२’ सार्वजनिक गरेको छ ।

क्वाड रियर क्यामेरा सेटअप प्रयोग गरिएको यो फोनको मोटाइ ८.९ एमएम र वजन १९२ ग्राम छ ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट बरलमा उपलब्ध फोनको मूल्य २९ हजार ९९० रूपैयाँ निर्धारण गरेको छ ।

यो फोनमा ४ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी छ । कलरओएस ७.१ (एन्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडी मार्फत स्टोरेज क्षमतालाई २५६ जीबीसम्म बढाउन सक्ने छन् ।

फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए५२ मा कम्पनीले १८ वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।

ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ १.७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ २.२ सहितको ८ एमपी (वाइड) रहेको छ ।

साथै, फोनमा दुई वटा एफ २.४ एपर्चर सहितको २ एमपी रेजोल्यूशन सेन्सर रहेका छन् । जसमध्ये एउटा माइक्रो लेन्स र अर्को पोटे«ट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएको छ ।

फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलइडी फ्ल्याशको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ २.० एपर्चर सहितको १६.० एमपी फ्रन्ट क्यामेराको व्यवस्था छ ।

६.५ इञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको फोनमा स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ ।

साउन १ गतेदेखि नै आफ्ना प्रमुख विक्री केन्द्रहरु मार्फत कम्पनीले विक्री शुरु गरिसकेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित