२८ आश्विन २०८३, बुधबार

कामना सेवा बैंकले गर्यो गायक सुगम पोखरेलसँग सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन कामना सेवा विकास बैंक र नेपालको सांगीतिक क्षेत्रका लोकप्रिय पपगायक, गीतकार तथा संगीतकार सुगम पोखरेलबीच सम्झौता भएको छ ।

बैंकको आधिकारिक आवाज बनाउने सम्बन्धमा उक्त सम्झौता गरिएको बैंकले बताएको छ । यो सम्झौतापश्चात बैंकको आधिकारिक आवाजको रूपमा गायक पोखरेलको आवाज रहने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकको गतिविधिहरूमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने तयार भएको प्रति गायक पोखरेललाई धन्यवाद प्रकट गरे ।

गायक पोखरेलले पनि आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तोसुकै सहयोग गर्न तयार रहेका प्रतिबद्धता व्यक्त गरे ।

बैंकले देशका विभिन्न भागहरूमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मेशिनमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा दिँदै आएको बताएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन एकाउन्ट ओपनिङ, सी–आस्वालगायत सेवा पनि उपलब्ध गराउँदै आएको छ ।