शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चेक बाउन्स गरेर फरार राजेन्द्र कुमार पक्राउ

दैनिक नेपाल २०७७ साउन ११ गते १५:४१

काठमाडौं, ११ साउन । बैंकिङ कसुरका फरार अभियुक्त राजेन्द्र कुमार महर्जन पक्राउ परेका छन् ।

आफूसँग कारोबार गर्ने एक व्यक्तिलाई खातामा मौजदात रकम नहुँदा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको चेक काटेर दुःख दिँदै आएका महर्जनलाई गत माघ २० गते उच्च अदालत पाटनले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरीवाना तोकेको थियो ।

तर, सजायको डरले फरार रहेका महर्जनलाई आइतबार प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१३ कलंकी घर भई हाल महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्दै आएका ४७ वर्षीय महर्जनलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित