शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

उत्तर कोरिया पुग्यो कोरोना भाइरसको संक्रमण, सीमावर्ती सहरमा तत्काल लकडाउन घोषणा

दैनिक नेपाल २०७७ साउन ११ गते १५:१३

काठमाडौं, ११ साउन । उत्तर कोरियामा कोरोना भाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

समाचार संस्था केसीएनएका अनुसार तीन वर्षअघि भागेर दक्षिण कोरिया पुगेका एक व्यक्तिमा कोरोना भाइरसका लक्षणहरू देखिएको बताइएको छ ।

ति व्यक्ति सीमावर्ती सहर काएसोङमा फेला परेका हुन् ।

संक्रमण देखिलगत्तै नेता किम जङ–उनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्‌कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन गरेको छन् ।

यअघि त्यहाँका नेता किम जङ–उनको उत्तर कोरियामा कोरोना भाइरस आउन नदिन सफल भएको दाबी गर्दै आएका थिए ।

तीन वर्षअघि गैरकानूनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका ति व्यक्ति १९ जुलाईमा उत्तरकोरिया फर्किएको समाचारमा जनाइएको छ ।

त्यसपछि शनिबारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न ‘उच्चतम आपत्‌कालीन प्रणाली’ लागू गर्न आदेश समेत दिएका थिए ।

अहिले उत्तकोरियाले ति व्यक्तिबारे अनुसन्धान शुरू गरेक छ । निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ति व्यक्ति कसरी सफल भए भन्नेमा कोरिया आश्चर्यचकित परेको छ ।

अनुसन्धानपछि घटनामा जिम्मेवार व्यक्तिहरूलाई ‘निकै कडा सजाय’ दिने उत्तर कोरियाको तयारी छ ।

विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो ।

यो महिनाको सुरुमा किमले कोभिड-१९ सँग जुझ्ने मामिलामा आफ्नो देशले ‘प्रशंसायोग्य सफलता’ हासिल गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित