२८ आश्विन २०८३, बुधबार

सरकारको निवेदनलाई अनुमति, प्रधानन्यायाधीशको फैसला पुनरवलोकन हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेल सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको फैसला पुनरवलोकन हुने भएको छ ।

आइतबार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र बमबहादुर श्रेष्ठको पूर्ण इजलासले फैसला पुनरवलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको छ । यो आदेशसँगै उक्त फैसला पुनरवलोकन हुने पक्का भएको हो ।

पत्नी गीताको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको सजाय घटाउने फैसला असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले गरेका थिए । उनको उक्त फैसलाविरुद्ध महान्याधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएको थियो ।