शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

हाइकिङ गर्दै कास्कीको महेन्द्रगुफादेखि हरिपाउसम्म

दैनिक नेपाल २०७७ साउन ११ गते १३:२३

पोखरा, ११ साउन । पोखराका केहि युवाहरू मिलेर गत वर्ष देखि नियमित सञ्चालन गर्दै आएको हाइकिङ कोभिड–१९ को कारण स्थगित भएकोमा पुनः सञ्चालनमा आएको छ ।

सामाजिक दूरी कायम राख्दै सेनिटाइज र मास्कको प्रयोग गरी साउनको दोस्रो शनिबार भएको हाइकिङ कार्यक्रम सम्पन्न गरिएको हो ।

पर्यटकीय क्षेत्र पोखरा–१६ स्थित महेन्द्रगुफादेखि ढिकिडाँडा तथा हरिपाउसम्म गरिएको थियो । महेन्द्रगुफा, रमणीय घार्मी गाउँ हुँदै हरिपाउ पुगेको समुहको नेतृत्व घार्मी निवासी तथा पोखरा फाइनान्सका बिरौटा शाखाप्रमुख आनन्द पौडेलले गरेका थिए ।

हाइकिङमा सहभागीहरूलाई स्वागत गर्दै हरिपाउमा होमस्टे सञ्चालक एकनाथ आचार्यले पोखरा बजारलाई नेपालको झण्डाको आकारमा देखाउँदा आश्चर्यमा परेका थिए ।

महेन्द्रगुफाबाट पैदल १ घण्टा र मोटरसाइकलमा १० मिनेटमै सकिने १४९० मिटरको उचाई रहेको ढिकीडाडाँ, मैदान पोखरी, कालिका देउराली मन्दिर, हरिसिद्धि आविको बारेमा जानकारी गराउँदै हरिपाउबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमाल नजिकै देखिने पनि बताए । साथै ४२०० मिटरको उचाईमा रहेको कालिलेक, कालिकोट मन्दिर हरिपाउबाट २÷३ घण्टामै पुग्न सकिने उनले बताए ।

पत्रकार मनोज घर्तीमगरले हाइकर्स क्लब नेपालले आयोजना गरेको हाइकिङमा पहिलोपटक सहभागी भएको बताउँदै हाइकिङले कास्की जिल्लाभित्रका पर्यटकीय क्षेत्रको मात्रै प्रवद्र्धन गरेको बताए ।

काठमाडौं घर भई हाल पोखरामा बस्दै आएका राष्ट्रिय बीमा संस्थान पोखराका कार्यालय प्रमुख युनिस रौनियारले आफूलाई हाइकिङमा रमाउन निकै मन लाग्ने भए पनि कुनै अवसर नपाएको अवस्थामा हाइकर्स क्लबले पहिलो पटक जुराएकोमा खुशी लागेको बताए ।

यस्तै शिक्षासेवी शालिकराम अधिकारी, फर्निचर व्यवसायी सुमन कतिला श्रेष्ठ, नाट्य कलाकार सविता सापकोटा, कोरियन प्रोडक्ट व्यवसायी निरज तामाङ, युवा व्यवसायी तथा लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम प्रकाश उपाध्याय, मन्टेश्वरी सञ्चालिका टिका आचार्य, लामाचौरका हरि शर्मा, पोखरा ९ निवासी समाजसेवी बुद्धि रानाभाट तथा विष्णु खवासले हाइकिङलाई नियमित रूपमा आयोजना गर्नु पर्ने बताए ।

‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मुल नाराका साथ विगतमा भाग १० सम्म पुगेर रोकिएको हाइकिङ सरकारले लकडाउन अन्त्यको घोषणा गरेलगत्तै शुरू गरिएको हाइकिङ क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले बताए ।

लकडाउनको अवस्थामा पनि सामाजिक दूरी कायम राख्दै सेनिटाइजर र मास्कको प्रयोग गरी हाईकर्स क्लबका अध्यक्ष प्रविण तुलाचनको नेतृत्वमा पोखरा १७ घारीपाटनमा रहेका ओम कारेश्वर मन्दिर, सेल्फी पुल, ऐतिहासिक सिता पाईला मन्दिर, हरिहर मन्दिर, अकलादेवीको मन्दिर लगायत स्थानमा गत शनिबार पैदल अवलोकन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित