शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बिराट नर्सिङ कोरोना प्रकरण : कर्मचारीको पिसीआर परिक्षण गरियो, बिरामी कुरुवालाई यसै फर्किन दबाब

दैनिक नेपाल २०७७ साउन ११ गते १०:१०

बिराटनगर, ११ साउन । सञ्चालक ज्ञानेन्द्र कार्कीलाई नै कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सिल गरिएको बिराटनगरस्थित बिराट नर्सिङ होमले कोरोना भाइरस परिक्षणमा अर्को लापरवाही गरेको छ ।

नर्सिङ होममा कार्यरत कर्मचारी र बेडमा राखिएको बिरामीको कोरोना भाइरस संक्रमण परिक्षणका लागि पिसीआर गरे पनि बिरामी कुरुवाको गरेको छैन ।

सिल गरिएपछि बिरामीसँगै रहेका कुरुवाले पिसीआर परिक्षणको माग गरे पनि नर्सिङ होम प्रशासनले उनीहरूलाई घर जानका लागि दबाब दिइरहेको छ । सम्बन्धित निकायले पनि कुनै चासो नदिएको एक कुरुवाले बताएका छन् ।

‘हाम्रो परिक्षण गरिएको छैन, घर जानका लागि दबाब दिएको छ । ढुक्क नभई कसरी घर जान सकिन्छ ? यदि कोरोना संक्रमण भएको रहेछ भने परिवार र समुदायमा पुग्दैन ?’, ति कुरुवा भन्छन्,‘स्थानीय सरकार, प्रदेश सरकारले पनि यस विषयमा चासो दिएको छैन ।’

४० जना बिरामी रहेको नर्सिङ होममा कम्तिमा ६० जना भन्दा बढी कुरुवा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित