११ कार्तिक २०८३, बुधबार

सासंद श्रेष्ठद्वारा पहिरोपीडितलाई सहयोग प्रदान

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

माझफाँट, ११ साउन । तनहुँ जिल्लाको क्षेत्र नं. २ का सासंद कृष्णकुमार श्रेष्ठ र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले पहिरोपीडितलाई आर्थिक सहयोग गरेका छन् ।

उनीहरूले व्यास नगरपालिका वडा नं. ९ माझफाँट, गजौडे, भानु नगरपालिकाका पीडितलाई सहायता प्रदान गरेका हुन् ।

असार २९ गतेको पहिरोले व्यास–९ माझफाँटका एउटा घरका ३ जना सदस्यको मृत्यृ भएको थियो ।

गजौडेमा भुजेल परिवारको पनि १ जना सदस्यले पहिरोमा परी ज्यान गुमाएका थिए ।

भानु नगरपालिका वडा नं. ९ का पीडितलाई श्रेष्ठले प्रतिपरिवार २५ हजारका दरले आर्थिक सहयोग गरेका छन् ।

धौरालीका परिवारलाई न्यौपानेले २० हजार आर्थिक सहयोग गरेकी छिन् ।