शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ज्योति विकास बैंकले मनायो १२औं वार्षिकोत्सव

राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनामा सहयोग गर्ने घोषणा

दैनिक नेपाल २०७७ साउन १० गते १६:१८

काठमाडौं, १० साउन । ज्योति विकास बैंकले शुक्रबार स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ ।

लको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरू र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्रांगणमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरूको अधीनमा रही अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष!मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि रू. ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष हरिचन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रूपमा विस्तारित हुँदै ग्राहक, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरूलाई दिइसकेको जानकारी दिए ।

१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ । कार्यक्रमका विशिष्ट अतिथि हरिप्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं डिजिटल उद्घाटन गरे ।

सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित