शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मानिसको न्यून सहभागितामा रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

दैनिक नेपाल २०७७ साउन १० गते १४:४८

काठमाडौं, १० साउन । रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ ।

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथ नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।

कोभिड–१९ संक्रमणका कारण यो वर्ष मानिसहरुको न्यून उपस्थितिमा यो यात्रा सम्पन्न गरिएको छ ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण असार १० गतेदेखि मात्र रथ निर्माण सुरू गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित