शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

करिब ७ केजी अफिमसहित रोल्पाका ४ जना युवा दाङबाट पक्राउ

दैनिक नेपाल २०७७ साउन १० गते १४:२४

काठमाडौं, १० साउन । जिल्ला प्रहरी कार्यालय दाङले करिब ७ केजी लागूऔषध अफिमसहित रोल्पाका ४ जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दाङको राप्ती गाउँपालिका–१ भालुवाङ रातोडाँडास्थित एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । बेलकोटगढी नगरपालिका–८ का मनोज पुडासैनीले सञ्चालन गर्दै आएको ‘दक्षिणकाली सोल्टी होटेल’बाट उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

लागूऔषध कारोबारीहरु सार्वजनिक गर्दै दाङ प्रहरी

पक्राउ पर्नेमा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, ३२ वर्षकै लालमन घर्तीमगर र सुनछहारी–५ का ३५ वर्षीय दुजबहादुर रोका छन् ।

उनीहरूको साथबाट प्रहरीले ६ केजी ९६७ ग्राम अफिम, लु ४० प ९८०६ नम्बरको २२० सीसी पल्सर बाइक र उनीहरूसँग भएको विभिन्न कम्पनीका एक/एक थान मोबाइल बरामद गरेको छ ।

शुक्रबार पक्राउ परेका चारैजनालाई लागूऔषध (अफिम) मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको दाङ प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित