बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बसुन्धाराको ट्राफिक जाम व्यवस्थापन गर्न लायन्स क्लवहरुद्वारा सहयोग

दैनिक नेपाल २०७७ साउन १० गते १३:३६

काठमाडौं, १० साउन । टोखा नगरपालिका वडा–५ बसुन्धाराको ट्राफिक जाम व्यवस्थापनका लागि स्थानीय लायन्स क्लवहरुले सहयोग गरेका छन् ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘बी’२ अन्तर्गतका ३ वटा क्लवले ट्राफिक जाम व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु सहयोग गरेका छन् ।

टोखा नगरपालिका–५ बसुन्धारा क्षेत्रस्थित अव्यवस्थित पार्किङ, ट्राफिक जाम र दुर्घटना क्षेत्रलाई व्यवस्थित गर्न ट्राफिक संकेत र ट्राफिक मिरर (ऐना) ट्राफिक प्रहरी प्रमुख र टोखा–५ का अध्यक्ष जगन्नाथ ढकाललाई हस्तान्तरण गरेका छन् ।

सो क्रममा ट्राफिक ऐनालाई बसुन्धारादेखि धापासी मावितर्फ जाने बाटोका विभिन्न मोडमा राखिएको जानकारी दिँदै वडा अध्यक्ष ढकालले सहयोग गर्ने संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित