शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

चलचित्र शैलीमा बनेको ‘आँखामा बसाउ मलाई’ को म्यूजिक भिडियो सार्वजनिक

दैनिक नेपाल २०७७ साउन १० गते १२:५०

काठमाडौं । संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्कीको पछिल्लो म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

युवा पुस्ताको रोजाइका गीतसंगीत सृजना गर्न माहिर मानिने संगीतकार पोखरेल र माया प्रेमको भावमा भिडियो बनाउन सिपालु निर्देशक कार्कीले निर्देशन गरेको ‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो शुक्रबार सार्बजनिक गरिएको हो ।

द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनीकोे निर्माणमा तयार भएको भिडियोमा युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायनसँगै अभिनय पनि गरेका छन् ।

माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मी शैलीको भएको निर्देशक कार्की बताउँछन् ।

नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धी बनेका भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अब्बल बनेकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ ।

युवा पुस्ताको मन छुने खालको भिडियो निर्माण भएको कार्कीको भनाइ छ ।

द डिभाइन म्यूजिकको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई शब्द संगीत र संगीत संयोजन अर्जुन पोखरेलले गरेका छन् । उत्सव दाहालले छायंकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित