२८ आश्विन २०८३, बुधबार

प्रचण्डलाई शंकर पोखरेलको प्रश्न– ‘आफू प्रधानमन्त्री हुँदा सीमाना विवाद किन नदेखेको ?’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय पुनः आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ ।

अध्यक्षद्वयबीच विभिन्न आरोप प्रत्यारोप चलिरहेकै बेला प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष प्रचण्डलाई गम्भीर प्रश्न तेस्र्याएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पोखरेलले भारतसँगको सीमा विवाद पुरानै भएकाले आफू प्रधानमन्त्री हुँदा पत्तो नपाउने अनि अरुले गरेको कामको जस आफूले लिन खोजेको भन्दै प्रचण्डमाथि कटाक्ष गरेका हन् ।

पार्टी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै पोखरेलले लेखेका छन्, ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो । आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार तुलसीलाल स्मृति भवन, च्यासलमा आयोजित कार्यक्रममा नक्सा छाप्ने निर्णय पार्टीको भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको देवत्वकरण गर्न नमिल्ने बताएका थिए ।

कार्यकारी अध्यक्षको जिम्मा पाएपछि पुसमा बसेको स्थायी कमिटी बैठकमा सामुहिक निर्णय गरिएको प्रचण्डको दाबी छ ।