२८ आश्विन २०८३, बुधबार

गोसाइँकुण्ड मेला स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १० साउन । गोसाइँकुण्ड क्षेत्र विकास समितिले गोसाइँकुण्ड मेला स्थगित गरेको छ ।

कोभिड–१९ को संक्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यो वर्षको मेला स्थगित गरेको समितिले बताएको छ । गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा मेला लाग्ने गर्दछ ।

यो वर्ष आगामी १९ गते जनै पूर्णिमा परेको छ । जनै पूर्णिमा नजिकिएसँगै समितिले यस्तो निर्णय लिएको हो ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै मेला स्थगित गरेको बताएको हो ।

प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ ।