शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चिंगार डाँडा खसेर नौली खोला थुनियो, लापुबेंसीवासी उच्च जोखिममा

दैनिक नेपाल २०७७ साउन १० गते ९:११

गोरखा, १० साउन । गोरखामा चिंगार डाँडा खसेर नौली खोला थुनिएको छ ।

जिल्लाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा शुक्रबार चिंगारको डाँडा नै खसेर खोला थुनिएको हो ।

खोलामा जम्मा भएको पहिरोका कारण खोला थुनिएको छ भने पहिरो अझैसम्म रोकिएको छैन ।

खोला थुनिँदा लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करी १०० घरधुरी जोखिममा परेको छ । थुनिएको पार्टी एकैसाथ बग्ने स्थिति आयो भने लापुबेसीवासी उच्च जोखिममा पर्ने छन् ।

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ ।

पहिरो प्रभावित स्थानमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका टोली परिचालित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित