२८ आश्विन २०८३, बुधबार

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ९ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी रहने कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार जिल्लास्थित राजनीतिक दलसँगको छलफलपछि प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा सर्वसाधरणलाई घरबाहिर निस्कन प्रतिवबन्ध लागेको छ ।