शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जबरजस्ती करणी अभियोगमा राई र लिम्बु पक्राउ

दैनिक नेपाल २०७७ साउन ९ गते १४:२४

काठमाडौं, ९ साउन । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भोजपुरका रोसन राई र ताप्लेजुङका बिमल कङलिवा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बुधबारेस्थित झाडीमा एक महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरी शरीर बन्धक समेत बनाएको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका–३ का २० वर्षीय रोसन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको बताएको छ ।

ती महिलालाई साउन १ गते अपहरण गरी विभिन्न अन्जान ठाँउहरुमा पुर्यायउँदै जबरजस्ती करणी गरेको र गत मंगलबार राती खाँदबारी नगरपालिका–१ घिमिरे गाँउटोलस्थित एक घरमा ल्याई बन्धक बनाई पटक–पटक करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको हो ।

त्यस्तै, ताप्लेजुङकी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाथिभरा याङवरक गाउँपालिका–३ आरुबोटेका २० वर्षीय बिमल कङलिवा लिम्बुलाई पनि बिहीबार नै प्रहरीले पक्राउ गरेको छ ।

ति महिलालाई प्रलोभनमा पारी सोही ठाउँस्थित ओजिथोक चौतारामा गत असार १३ गते जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

दुबै घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित