शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चीन–अमेरिका विवाद : छेन्दुको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई निर्देशन

दैनिक नेपाल २०७७ साउन ९ गते १३:२८

काठमाडौं, ९ साउन । चीनले दक्षिण पश्चिमको सहर छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई निर्देशन दिएको छ ।

अमेरिकाले टेक्सासको होउस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनले यस्ता जवाफ फर्काएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको कारण त्यसलाई रोक्न यो कदम आवश्यक रहेको बताएका थिए ।

पछिल्लो समय केही महत्वपूर्ण विषयहरुमा चीन र अमेरिकाबीच तनाव बढिरहेको भए पनि चीनले दुई मुलुकको बीचमा तनावको स्थिति नचाहेको बताउँदै आएको छ । तर, अमेरिकाको केही निर्णयहरुले चीनलाई उत्तेजित बनाइरहँदा यस्तो निर्णय आएको बताइएको छ ।

छेन्दुमा सन् १९८५ मा अमेरिकाको महावाणिज्य दूतावास स्थापना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित