२८ आश्विन २०८३, बुधबार

राजकुमार चेपाङको मृत्युबारे नेपाली सेनाले थाल्यो छानबिन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै छानबिन सुरू गरेको नेपाली सेनाले बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सेनाले आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको बताएको हो ।

‘घटनाका विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्नेबारे जानकारी गराउदछौं’, विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ ।’

पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटाइबाट मृत्यु भएको समाचार प्रकाशित भएपछि छानबिन सेनाले ध्यानाकर्षण भइ आन्तरिक छानबिन शुरू गरेको हो ।

गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा बसेका सैनिकले राजकुमारसहित ७ जनालाई नियन्त्रणमा लिएका थिए । राजकुमारको भने उपचारको क्रममा बुधबार मृत्यु भएको थियो ।