शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नारायणगढ–मुग्लिन र पालुङ–नौबीसे खण्ड एकतर्फी खुल्यो

दैनिक नेपाल २०७७ साउन ९ गते १२:५७

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा शुक्रबार (आज) बिहान पहिरो खसेर अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि अर्को पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

यस्तै त्रिभुवन राजपथको पालुङ–नौबीसे खण्ड पनि पुनःसञ्चालनमा आएको छ । गएराति यहाँको सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो ।

एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित