शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

हार्ने डरले निर्वाचन स्थगित गरेको चन्द्र ढकाल समूहको आरोप

दैनिक नेपाल २०७७ साउन ९ गते १२:४२

काठमाडौं, ९ साउन । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ गतेको निर्वाचन मिति अनिश्चत बनाएकोप्रति चन्द्र ढकाल समूहले आपत्ति जनाएको छ ।

आगामी निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका उद्योगी चन्द्र ढकालले अर्को पक्षले चुनाव हार्ने त्रासका कारण निर्वाचन स्थगित गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेदवारले हार्ने आरोप ढकालले लगाए पनि कोरोना त्रास बाँकी रहेका कारण निर्वाचनको समय सार्नु परेको बताएका छन् ।

तर, चुनाव सार्ने निर्णय कार्यसमिति बैठकले गर्नु पर्नेमा त्यसो नगरी पदाधिकारी बैठकबाट स्थगित हुनु शंकाको विषय भएको ढकाल पक्षको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुरूप आगामी अध्यक्ष शेखर गोल्छा बन्ने छन् । महासंघको आगामी अध्यक्ष गोल्छा भए पनि बाँकी पदहरुमा दुई समूह प्यानलसहित निर्वाचन मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित