शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुदूरपश्चिममा २२८० जना कोरोना संक्रमित डिस्चार्ज

दैनिक नेपाल २०७७ साउन ९ गते १२:२२

धनगढी, ९ साउन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनमा बसेका २ हजार २८० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा २ हजार २८० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा ३ र डोटी अस्पतालमा २ जना गरी ५६ जनाको उपचार भइरहेको छ ।

उनका अनुसार बैतडी जिल्लाबाट ४७ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी अछामका ५४०, डोटीका ५३५, कञ्चनपुरका ४८२, बैतडीका २९९ र डडेल्धुराका २६७ जनालाई डिस्चार्ज गरिएको छ ।

यसैगरी कैलालीका १३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई पनि डिस्चार्ज गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १ हजार ८८९ जनाको स्थानीय तहको आइसोलेसनमा उपचार भइरहेको छ ।

सुदूरपश्चिममा हालसम्म ८ जना संक्रमितको मृत्यु भएको छ भने कोरोना संक्रमितको सङख्या ४ हजार १७७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित