२८ आश्विन २०८३, बुधबार

गण्डकीमा थपिए १० नयाँ संक्रमित, कुल संख्या १३६० पुग्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ साउन । गण्डकी प्रदेशमा कोरोनाका थप १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङको क्होलासोथर, मध्यनेपाल र बेंसीसहरमा १/१ गरी ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा १/१ जना पुरुष संक्रमित फेला परेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३६० पुगेको छ ।