शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुनको मूल्य एकैदिन १३ सय बढेर उच्च विन्दुमा

दैनिक नेपाल २०७७ साउन ९ गते ११:३६

काठमाडौं, ९ साउन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ ।

सुनको मूल्य शुक्रबार पनि प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८०० मा बारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९४ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्वव्यापी रूपमा कोरोना महामारीको त्रासले सुनमा लगानी गर्दा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताहरु आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको सुन व्यवसायीहरुको भनाइ छ ।

तीनद दिनयता सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित