२८ आश्विन २०८३, बुधबार

अवरुद्ध पालुङ–नौबीसे सडक खण्डको पहिरो हटाउने काम जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबीसे सडक खण्ड अवरुद्ध भएको छ ।

सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ ।

सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारीसाधन त्रिभुवन राजपथ भएर सञ्चालन हुँदै आएका थिए ।

अवरुद्ध सडक दिउँसोसम्ममा पुनः सुचारु हुने प्रहरीले जानकारी दिएको छ । अवरुद्ध उक्त सडक खण्डको पहिरो हटाउने काम जारी रहेको प्रहरीको भनाइ छ ।