शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आमा मर्दा नआएको प्रदेशी घर फर्किएपछि भागिरथले बनाए तीजगीत ‘ज्यानको माया लाएछ’ (भिडियो)

दैनिक नेपाल २०७७ साउन ९ गते १०:५८

काठमाडौं । लोक तथा दोहरी गायक भागिरथ चलाउनेले तीजको पुरानो संस्कृति जोगाउँदै चेलीको दुःख र पीडामा आधारित तीज गीत ‘ज्यानको माया लाएछ’ सार्वजनिक गरेका छन् ।

समग्र मानव जीवन अहिले कोरोना महामारीले प्रभावित भइरहेको समयमा ‘प्रदेश गएको साइँलो आमाको मृत्यु र परिवार पीडामा हुँदा पनि फर्केन, तर अहिले कोरोनाको कारण ज्यानको मायाले घर आएको छ’ जस्ता उत्कृष्ट शब्द संयोजनमा गीत तयार पारिएको छ ।

भागीरथ चलाउने र पुनम थापा मगरको स्वरमा रहेको गीतको शब्द र लय सिर्जना विष्णु न्यौपनेले गरेका हुन् ।

विनोद भण्डारीको निर्देशनमा गीतको म्यूजिक भिडियो तयार पारिएको छ । म्यूजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारीसहित रस्मी भट्टराई र प्रकाश सापकोटालगायतले अभियनय गरेका छन् ।

उक्त गीत भागीरथ चलाउनेले आफ्नै यूट्युव च्यानलबाट दुई दिनअघि सार्वजनिक गरेका छन् ।

लोक तथा दोहरी गायन क्षेत्रमा छुट्टै पहिचानसहित स्थापित गायक चलाउने प्रायः आम दुःख र पीडालाई उजागर गर्ने गीतहरु बनाउने र गाउने गर्दछन् । विगतका वर्षहरुमा उनले गाएका यस्तै गीतहरुले लोक दोहोरी बजारमा चर्चा कमाउँदै आएका छन् ।

उनको स्वरमा रहेका ‘कसलाइ सोध्ने होला..’, ‘हरे शिव राम’, ‘मलेशिया साउदी दुबै’, ‘दिल चोरेको केस्मा’, ‘नारिसाउना कान्छु’जस्ता दर्जनौं गीत चर्चामा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित