११ कार्तिक २०८३, बुधबार

भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल १६ लाखसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएका उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।