शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

डिजिटल भुक्तानीका लागि सेल–पे सेवा र महालक्ष्मीलाइफ इन्स्योरेन्सबीच सहकार्य

दैनिक नेपाल २०७७ साउन ८ गते १६:३९

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेल–पे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीका लागि सहकार्य हुने भएको छ ।

सहकार्यका लागि लागि दुई कम्पनीबीच बिहीबार सम्झौता भएको छ । सम्झौतामा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप–प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सहकार्य अन्तर्गत अब महालक्ष्मी लाइफका ग्राहकहरूले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ । सम्झौता अनुसार सेल–पे एप वा वेब एप्लीकेशन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सकिने छ ।

बीमा प्रिमियम तिर्नका लागि सेल–पेमा आफ्नो खाता लिंक गरी सजिलै कुनै पनि समयमा रकम तिर्न सकिने छ । यसका लागि ग्राहकले सेल–पेमा लगइन गरी बीमा अप्सनमा क्लिक गरेर महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी छनोट गरी रकम तिर्न सक्ने छन् ।

आफ्नो पोलिसी नम्बर र जन्म मिति राखेपश्चात् आफ्नो बीमा विवरण निश्चित गरी देखाएको प्रिमियमको रकम ‘पे’ बटन थिचेपछि भुक्तानी भएको संकेत मिल्ने छ । यसरी आफूले रकम तिरेको ट्रान्जेक्सन हिस्ट्रीसमेत सहिलै हेर्न सकिने कम्पनीले बताएको छ ।

सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुराँमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, बीमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोभिड–१९ को बीमा रकम भुक्तानी तथा शेयर कारोबार समेत गर्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित