शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आमाको हत्या गर्ने बुबालाई लिन गएनन् रञ्जनका छोराहरु

पहिल्यै विवाह भइसकेको भन्दै प्रेमिका तारा पुगिन् डिल्लीबजार

दैनिक नेपाल २०७७ साउन ८ गते १२:२५

काठमाडौं, ८ साउन । श्रीमतीको हत्या गरेपछि जेलजीवन बिताउँदै आएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार थुनामुक्त हुँदा उनको दुई छोराहरु उनलाई लिन गएनन् ।

रञ्जनलाई लिन उनकै प्रेमिका तारा रेग्मी कार लिएर डिल्लीबजार कारागार पुगेकी थिइन् । उनले आफ्नो र रञ्जनको यसअघि नै विवाह भइसकेकाले श्रीमतीका रुपमा श्रीमानलाई लिन आएको प्रतिक्रिया दिइन् ।

बा १८ च ५४१७ नम्बरको कार लिएर रञ्जनलाई दिन डिल्लीबजार पुगेकी उनले भन्, ‘रञ्जन र मेरो त पहिल्यै विवाह भइसक्यो ।’
रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । आमाको हत्या गरेर जेलजीवन भोगेका आफ्ना बुबा थुनामुक्त हुँदा ति दुई छोरा भने त्यहाँ देखिएनन् ।

श्रीमती हत्या अभियोगमा रञ्जन ०६८ माघ ८ गते पक्राउ परेका थिए । आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले हत्कडी लगाएको थियो ।

तारासँगको प्रेमकै कारण उनले आफ्नी श्रीमतीको हत्या गरेको प्रमीका तारा आफैंले करीब पुष्टि गरेकी छिन् ।

रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित