
झापा, ८ साउन । भद्रपुर नगरपालिका–२ स्थित सिमसार क्षेत्रमा तीन जना बालक मृत अवस्थामा भेटिएका छन् ।
घरबाट खेल्न हिँडेका तीनैजना बालक केही दिनदेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय झापाकाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, अन्दाजी १५ वर्षका करण थामी र उनका भाइ अन्दाजी १२ वर्षका अर्जुन थामी छन् ।
मृतकमध्ये तामाङको शव बुधबार फेला परेको भए पनि थामी दाजुभाइको शब बिहीबार (हाज) बिहान भेटिएको हो ।













प्रतिक्रिया