बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

श्रीलंकाली महिला क्रिकेट टिमकी अलराउन्डर श्रीपालीद्वारा संन्यासको घोषणा

दैनिक नेपाल २०७७ साउन ८ गते ११:३०

श्रीलंका, ८ साउन । श्रीलंकाली महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर ३४ वर्षीया श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेकी छिन् ।

सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडीका रुपमा पहिचनन बनाएकी श्रीपालीले श्रीलंकाका लागि ८९ एक दिवसीय र ५८ २०–२० खेलेकी छिन् ।

सन्यास लिनका लागि उपयुक्त समय भएकाले आफूले संन्यासको घोषणा गरेको श्रीपालीले बताएकी छिन् । श्रीपालीले श्रीलङ्काका लागि सन् २००९, १३ र १७ को एक दिवसीय विश्वकप खेलेकी छिन् ।

यस्तै २०–२० मा सन् २००९, १०, १२, १४ र १८ गरी पाँच पटक २०–२० विश्वकप खेलेकी छिन् । उनले श्रीलंकाको लागि अन्तिम खेल २०१८ को २०–२० विश्वकपमा बङ्गलादेशसँग खेलेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित