२८ आश्विन २०८३, बुधबार

पर्सामा दुई जना चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ८ साउन । पर्सामा दुईना चिकित्सकसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । बुधबार आएको उक्त रिपोर्टमा २ जना चिकित्सकमा समेत कोरोना संक्रमण पष्टि भएको छ ।

१७ जनामध्ये रिपोर्ट आउनुअघि नै गण्डकमा एकनाको मृत्य भइसकेको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीयको मंगलबार मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

१२८ जनाको नमूना परीक्षण गर्दा ४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

नारायणी अस्पतालमा कार्यरत ४७ वर्षीय चिकित्सक र दुई वर्षअघि नै अवकाश पाएका अर्का ६० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।