११ कार्तिक २०८३, बुधबार

बर्दियामा अवैध काठसहित २ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ८ साउन । गुलरिया नगरपालिका-१ बोहरा चोकबाट अवैध जामुनाको ६.०५ क्यूफिट काठसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका -१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-९ बस्ने २२ वर्षीय प्रमोद थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त स्थानबाट साईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त काठ र साइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।