२८ आश्विन २०८३, बुधबार

एकैदिन १३०० रुपैयाँ बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । बुधबार सुनको मूल्य १ हजार ३०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।

यस्तै बुधबार तेजावी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि ९५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भइरहेको महासंघले बताएको छ ।