२८ आश्विन २०८३, बुधबार

उपेन्द्र यादवले सम्झाए पुष्पलालको सन्देश

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले मनुअघि दिएको सन्देश सम्झाएका छन् ।

बुधबार पुष्पलाल स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनले पुष्पलालले राजनीतिलाई कहिल्यै पनि जालझेलको रूपमा नलिएको बताउँदै उनले मर्नुअघि दिएको सन्देश सम्झिएका हुन् ।

‘जनता चेतनशील हुनैपर्छ । कार्यकर्ता संगठित हुनैपर्छ । क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । मर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले यो सन्देश दिनु भएको हो’,  अध्यक्ष यादवले भने, ‘सिद्धान्त, संगठन र संघर्ष निर्देशित जनताको मुक्तिको यात्रा हो ।’

पुष्पलालको त्याग, सादगीपूर्ण जीवन, संघर्ष र सिद्धान्तप्रतिको निष्ठाबाट अहिलेका कम्युनिस्ट विचलित भएको भन्दै उनले पुष्पलालले निरङ्कुश राजतन्त्रको अन्त्य र सम्पूर्ण आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, वर्गीय, जातीय र लिङ्गीय शोषण, उत्पीडन र विभेदको अन्त्य गरी समाजवादी गणतान्त्रिक समाजको कल्पना गरेको बताए ।