
मकवानपुर, ७ साउन । मकवानपुरमा ‘तपाईंको मास्क खोई ?’ अभियान शुरू गरिएको छ ।
सरकारले जारी गरेको लकडाउन क्रमशः खुला भए पनि कोरोना भाइरसको जोखिम कायमै रहँदासमेत सर्वसाधारणले मास्कको प्रयोग छोडेको भन्दै यस्तो अभियान सञ्चालन गरिएको हो ।
नेपाल प्रहरी, स्थानीय, पत्रकार र सरोकारवाला सबैको सहभागितामा यो अभियान सञ्चालन गरिएको मकवानपुर प्रहरीले बताएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा कार्यालय परिसरबाट राप्ती रोड हुँदै बुद्धचोकसम्म जनचेतामुकल र्याली आयोजना गरिएको छ ।
सामाजिक तथा भौतिक दूरी कायम गरी आयोजना भएको र्यालीमा सहभागीहरूले बुद्धचोकमा मास्क नलगाएकाहरूलाई मास्क समेत वितरण गरेको थियो ।
‘तपाईको मास्क खोई ?’, ‘अनिवार्य रूपमा मास्कको प्रयोग गरौं’, ‘अनावश्यक रूपमा भीडभाड नगरौं’, ‘सामाजिक तथा भौतिक दूरी कायम गरौं’, ‘कोरोना हटाउन आजैदेखि सामुहिक रूपमा लागौं’ लेखिएका प्लेकार्डसहित र्याली आयोजना गरिएको थियो ।













प्रतिक्रिया